पोखराका मेयर आचार्यलाई निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण


१४ जेष्ठ २०७९, शनिबार
dhanraj acharya pokhara oFKtl3EOQN

काठमाडौं । पोखरा महानगरपालिकाका नव निर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ । निर्वाचन आयोगको बदनियतका कारण मत बदर भएको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि आयोगले स्पष्टिकरण सोधेको हो ।

आचार्यले प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारणले ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

उनलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृष्य सामग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । मेयर आचार्यलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आयोगले निर्देशन दिएको छ ।

pokhara

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७