हरेक नेपालीको थाप्लोमा ६३ हजार ३१० रूपैयाँ ऋण


१४ जेष्ठ २०७९, शनिबार
Nepali

काठमाडौं : आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार अहिले नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेको छ। योसँगै हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । अहिले नेपालको जनसंख्या २ करोड ९१ लाखका आधारमा एक जना नेपालीको भागमा ऋणको भार ६३ हजार ३ सय १० रूपैयाँ पर्न आउँछ।

आर्थिक सर्वेक्षणअनुसार १८ खर्ब ४८ अर्बमध्ये ८ खर्ब ६३ अर्ब आन्तरिक ऋण हो भने ९ खर्ब ८४ अर्ब बाह्य ऋण हो।  नौ महिनाको अवधिमा हरेक नेपालीको भागमा तीन हजार ८८९ रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७