काजीलाल श्रेष्ठ नेपालका पहिलो उपराष्ट्रपतिबाट सम्मानित


१५ जेष्ठ २०७९, आईतवार
kajilal shrestha and parmanada jha

काठमाण्डौ, १४ जेठ । अपांग मैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठ नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाबाट सम्मानित भएका छन् ।

गणतन्त्र दिवसको पूर्वसन्धाकाे अवसरमा शनिबार राष्ट्रिय नाचघरमा आयोजित समाराेहमा अपाङ्गता भएका व्यक्तिहरुको लागि कोभिड–१९ को महामारी सामाना गर्न सहयोग गरेका उनी पूर्वराष्ट्रपति झाबाट सम्मानित भएका हुन् । सामाजिक सेवाकाे क्षेत्रमा याेगदान पुर्याइरहेका उनी अपाङ्गता अधिकारकर्मी समेत हुन् ।

कार्यक्रममा काठमाडौं उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुष्मा महारा शाह, शिक्षा क्षेत्रमा नवराज खड्का, वरिष्ठ कलाकार पवित्रा रिजाल, अम्बिका प्रसाद आचार्य, वरिष्ठ साहित्यकार समाजसेवी तथा राजनीतिकर्मी राधादेवी पराजुली भण्डारी सम्मानित भए ।

यसैगरी कल्पना कुँवर, आनन्द खड्का, रामकृष्ण पुडासैनी, मेनका खतिवडा, नारायण रिजाल, क्रृतिस केसी, सबिता कार्की र आइसिंह घलान लगायतका व्यक्तित्व कार्यक्रममा सम्मानित भएका थिए ।

तिलक फिल्मस संस्थाले गरेको कार्यक्रममा सम्मुनत नेपाल निर्माणमा कलाकारहरुको भुमिका विषयक विचार गोष्ठी, सम्मान कार्यक्रम तथा विशेष सांस्कृतिक समारोहको आयोजना गरेका थिए ।

कार्यक्रममा आयल निगमको पूर्व निर्देशक सिताराम पोखरेल, प्राज्ञ नन्दकृष्ण जोशी र नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७