कारागारभित्रको आत्महत्या प्रकरणमा छानविन समिति गठन


१५ जेष्ठ २०७९, आईतवार
1653738518 GjMTW

रोल्पा । गृह मन्त्रालयले यही जेठ ४ गते कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानविन गर्न समिति गठन गरेको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयले शनिबार एक सूचना जारी गरी जनाएको छ ।

मन्त्रालयले उक्त घटना कसरी घटेको हो र सो सम्बन्धमा के कसो भएको हो भनी स्थलगतरुपमा अध्ययन, अनुसन्धान र छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देश गरेको छ । समितिको प्रतिवेदन पश्चात घटनाको सत्यतथ्य उजागर हुने र भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७