जनअनुभूतिबाट लोकतान्त्रिक गणतन्त्रलाई प्रमाणित गर्न चाहन्छौं : ओली


१५ जेष्ठ २०७९, आईतवार

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प बोकेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताएका छन् ।

१५ गणतन्त्र दिवसका अवसरमा आइतबार शुमकामना सन्देशमार्फत अध्यक्ष ओलीले राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाईमा पुर्‍याउने सबैको साथ रहने समेत अपेक्षा राखेका छन् । ओलीको सन्देशमा भनिएको छ, ‘जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासहरुले अवरोध पुर्‍याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाईमा पुऱ्याउने नेकपा (एमाले) को अभियानमा सम्पूणर्को साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

गत आम निर्वाचनबाट बनेको नेकपा (एमाले) नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको उनको दाबी छ । उनले मुलुकमा आफूहरुले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको पनि बताएका छन् ।

जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या/ अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको उनको सन्देशमा छ । मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्पविराम लागेको भन्दै ओलीले केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७