बेपत्ता जहाज भेटिएको छैन, खराब मौसमले खोजीमा समस्या भइरहेको छ : प्राधिकरण


१५ जेष्ठ २०७९, आईतवार
Tarat1653802373 1

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण सम्पर्कविहीन तारा एयरको जहाज खोजीमा कठिनाइ भइरहेको बताएको छ । प्राधिकरणका अनुसार विमानको अवस्थाको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकोप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको जानकारी दिएको छ ।

काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्यान्डबाई रुपमा रहेकोले मौसममा सुधार आउना साथ हवाइमार्गबाट खोज कार्य पुनः थालिने खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

प्राधिकरणले जेठ १५ गते पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः५५ बजे जोमसोमको लागि १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित उडेको तारा एयर प्रालिको ट्विनअट्टर ९एनइएटी विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएर त्यसपछि उक्त विमान सम्पर्कविहीन भएको हो ।

स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यसतर्फ प्रस्थान गरिसकेको प्राधिकरण अन्तर्गतको खोज तथा उद्धार केन्द्रले जानकारी दिएको छ । सरकारको जहाजको खोजीमा सहयोग गर्न स्थानीय नागरिकलाई समेत आग्रह गरेको छ ।

tara air plane missing g2nIdwxRKg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७