तारा एयरले भन्यो-जहाजको खोजी जारी छ


१५ जेष्ठ २०७९, आईतवार
Tarat1653802373 1

काठमाडौं – जहाज सम्पर्कविहीन भएपछि तारा एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको छ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका कारण एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको हो ।

विज्ञप्तिअनुसार मौसमका कारण सम्पर्क हुन नसकेपछि हेलिकोप्टरहरू फर्किएका छन् । मौसम खुलेपछि हेलिकोप्टरहरू पुनः परिचालन गरिने जनाएको छ ।

जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए । सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ । साढे चार घण्टादेखि जहाज सम्पर्कमा आएको छैन । जहाजको खोजी जारी रहेको तारा एयरलाइन्सले जनाएको छ ।

bigyapti

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७