दौरा सुरुवालमा सजिएका मेयर बालेन शाहले लिए नेपाल भाषामा पनि सपथ (भिडियो)


१६ जेष्ठ २०७९, सोमबार
Balen sha

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन् । मेयर शाहले नेपाली भाषासँगै नेपाल भाषामा पनि शपथ लिएका छन्।

सोमवार राष्ट्रिय सभागृहमा भएको शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर शाह दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएर उपस्थित थिए ।

राष्ट्रियसभा गृहमा आयोजित समारोहमा साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ गराएका थिए । त्यसैगरी मेयर साहले उपमेयर, वडाध्यक्षहरु तथा सदस्यहरुलाई छुट्टाछुट्टै शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७