२५ अप्रिलमा लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन हुँदै


१४ चैत्र २०७४, बुधबार
langatang

 

langatang
फाइल तस्बिर

काठमाडौँ:  ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) ले २५ अप्रिलमा तेस्रो लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन गर्ने भएको छ ।

६ दिन सम्म हुने उक्त म्याराथन क्यान्जीन गोम्पाबाट सुरु भइ स्याब्रुवेसीमा समापन हुने छ । म्याराथनमा स्वदेशी तथा विदेशी सहित करिब २ सय जनाको सहभागिता रहने बताए । लाङटाङ अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक तयारी तिब्र गतिमा भइरहेको टानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिएका छन ।

पर्यटकिय क्षेत्रमा साहसिक खेलको माध्यमबाट पनि पर्यटन गन्तव्यको प्रचार प्रसार गर्न सकिने तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवर्दन गर्न सकिने श्रेष्ठले बताएका छन ।
भुकम्पले ध्वस्त भएको लामटाङ क्षेत्र लाई पहिलेकै अवस्थामा ल्याउन र पर्यटन प्रवर्दनका लागि लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन गर्न लागिएको हो । म्याराथनको माध्यमबाट पर्यटन क्षेत्रको प्रचार प्रसार हुने तथा हिमालय जैविक बिभिधता संरक्षण र दुर्लभ मानिने रेड पान्डाको संरक्षणमा समेत सहयोग पुग्ने बताएका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७