शिवम सिमेन्टले सेयर जारी गर्ने


१४ चैत्र २०७४, बुधबार
848 Shivam Cement Vacancy HJP 1 Oct 8 2014 Banner

 

काठमाडौं: शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनी निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

848 Shivam Cement Vacancy HJP 1 Oct 8 2014 Banner
कम्पनीले स्थानीय बासिन्दाको लागि आठ करोड ८० लाख रुपैयाँ (आठ लाख ८0 हजार कित्ता सेयर जारी गर्ने भएको हो । उद्योग प्रभावित क्षेत्र हेटौडाको हटिया लगायतका क्षेत्रका बासिन्दाले सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । स्थानीयलाई अन्य सर्वसाधारणलाई भन्दा कम प्रिमियम लाग्ने कम्पनी स्रोतले बताए ।

बाँकी ४४ लाख अर्थात ४४ करोड रुपैयाँको सेयर सर्वसाधारणमा जारी हुने भएको छ । कम्पनी सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमतिको लागि पुगेको छ । कम्पनीले जारी गर्ने सेयर सहित चुक्ता पुँजी करिब ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको अध्यक्षमा सुरेन्द्र गोयल रहेका छन् । कम्पनीले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले हाल क्षमता बिस्तारपछि दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७