अब कोरियन भाषा परीक्षा कम्प्युटरबाट


३० आश्विन २०७४, सोमबार
Flag of South Korea

काठमाडौं : वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले कागजमा लेखेर लिने भाषा परीक्षाको विकल्पमा कम्प्युटरको माध्यमबाट लिने प्रक्रिया अगाडि बढाएको छ।  आजको गोरखापत्रमा  खबर छ ।

Flag of South Korea

कोरियास्थित मानव संसाधान विभागले सन् २०१९ का लागि नेपाल कामदार लिँदा कम्प्युटरको माध्यमबाट परीक्षा लिने व्यवस्था मिलाउन पत्राचार गरेसँगै विभागले प्रक्रिया अगाडि बढाएको हो।

शाखाका निर्देशक बाबुराम खतिवडाले कागजी प्रणालीबाट लिने परीक्षा परम्परागत भएको भन्दै कोरियालेको मानव संसाधन विभागले सन् २०१९ देखि कम्प्युटरको माध्यमबाट लिने गरी तयारी गर्न नेपाल सरकारमार्फत् इपिएस शाखालाई पत्राचार गरेको जानकारी दिए।

उनका अनुसार यसको लागि सम्बन्धित निकायसँग छफल भइरहेको छ। पूर्वाधार निर्माणदेखि विभिन्न संयन्त्रको निर्माणपछिमात्र उक्त प्रक्रिया सुरु हुने उनको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७