प्रशिक्षणमा माओवादीका जनप्रतिनिधि (तस्बिरहरू)


१८ जेष्ठ २०७९, बुधबार
CPN Moist center

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थानीय तहमा पार्टीबाट निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले देशभरी जितेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणका लागि काठमाडौं बोलाएर दुई दिनका लागि प्रशिक्षण दिने कार्यक्रम राखेको हो । 

माओवादीले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौंमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं संघीयताताविद्, अर्थतन्त्रविज्ञ, पूर्वमहान्यायाधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदान–प्रदान गर्ने कार्यक्रम राखिएको छ ।

तस्बिरहरु :

CPN Moist Nepal
CPN Moist center
Moist

The Unified Communist Party of Nepal Maoist
Maoist
The Unified Communist Party of Nepal Maoist
The Unified Communist Party of Nepal Maoist program
The Unified Communist Party of Nepal Maoist program Nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७