लोकगायिका कल्पना दाहालले अमेरिका बस्ने आचार्यसँग ‘सुटुक्क’ गरिन् विहे


१८ जेष्ठ २०७९, बुधबार
kalpana

काठमाडौं । चर्चित लोकगायिका कल्पना दाहालले सुटुक्क विवाह गरेकी छन् । उनको मंगलबार काठमाडौं जिल्ला अदालतमा अदालती (कोर्ट म्यारिज) बिहे भएको हो । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी छन् ।

दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिवाह गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे मात्र विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दिएको छ ।

उनीहरुको विवाहमा परिवारका सीमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला-बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार-हतार बाहिरिएका थिए । उनले आफ्नो बिहे भएको कुरा अस्वीकार गर्दै भनिन्, ‘कहाँ बिहे हुनु ? म त अहिले बानेश्वरमा चिया खाएर बसिरहेको छु ।’

गायिका दाहालले आफ्नो बिहे सार्वजनिक नगरे पनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको बिहे भएको पुष्टि गरेको छ । गायिका दाहालका थुप्रै लोकदोहोरी गीतहरू चर्चित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७