अर्थमन्त्रीज्यू, ठूला रक्सी उद्योगमा छानबिन हुँदैन ?

नक्कली अन्तशुल्क स्टीकर प्रकरणमा सानालाई ऐन, ठूलालाई चैन


१४ चैत्र २०७४, बुधबार
stikar

भैरहवा, १४ चैत । भारतको दिल्लीबाट बेलहीया नाका हुँदै नेपाल भित्रिएको एक करोड भन्दा बढी मूल्यको ३ लाख ९९ हजार ४० थान नक्कली अन्तशुल्क स्टीकर २०७४ चैत ६ मा भैरहवा प्रहरीले बरामद ग¥यो । प्रहरीले उक्त स्टीकर बरामद भएको जानकारी नै नदिई गोप्य राख्यो । चैत ७ मा पत्रकारहरुले खोजी गरेपछि ८ गते पत्रकार सम्मेलन गर्ने भनियो । तर पत्रकार सम्मेलन नगरी उक्त नक्कली स्टीकर (रक्सीको बिर्कोमा लगाइने अन्तशुल्क) बरामद भएपछि धनुषास्थित सांग्रिला डिष्टिलरीका सञ्चालक कुशेश्स्वरप्रसाद साहले ल्याएको र उनी फरार भएको जानकारी रुपन्देही प्रहरीले दियो ।

stikar
१७ भदौ २०७४ मा ३ करोड रुपैयाँ बराबरको नक्कली अन्तशुल्क स्टीकर भारतबाट ल्याउने क्रममा बीरगंज भन्सारमा प्रहरीले बरामद गरेको थियो । प्रिन्ट सामग्री भनेर उक्त स्टीकर ल्याइएको थियो । तर विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले उक्त नक्कली स्टीकर ल्याउने बीरगंज भन्सार नजिक हिमालयन कार्गो संचालन गर्दैआएका भारतीय नागरिक विनोदकुमार गुप्तासहित नेपालीहरु हिमालय रोडबेज नामक ढुवानी कम्पनीका कर्मचारी छिमेकी भारत रक्सौलका वीरेन्द्रकुमार महतोलाई पक्राउ गरेको थियो ।

नक्कली स्टिकरसहित पक्राउ परेपछि सिआइबीले अनुसन्धानका क्रममा स्टीकर आयातकर्ता कम्पनीका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनीबेँसीका राजकुमार भण्डारी, हरिओम ट्रेडिङ कम्पनीका सञ्चालक कुलप्रसाद राजभण्डारीलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये भारतीय नागरिक गुप्ता बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरी कात्तिक अन्तिममा कारागारमुक्त भएका थिए ।
भैरहवा र बीरगंज नाकामा नक्कली अन्तशुल्क स्टीकर बरामद भएपछि यसले विगत लामो समयदेखि नै यो क्रम चल्दैआएको कुरालाई पुष्टी गर्दछ । भैरहवाबाट चैत ६ मा बरामद भएको स्टीकर धनुषाको सांग्रीला डिष्टीलरीको भएको रुपन्देही प्रहरीको दाबी छ ।

प्रहरीले डिष्टीलरीका ब्यबस्थापक झापाका भवानीप्रसाद उप्रेती र सोही मदिरा उद्योगका उत्पादन प्रमुख सिराहा लहानका कामेश्वर महतोलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा सरकारी छाप तथा दस्तखत कीर्ते अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।
तर राजस्व अनुसन्धान विभागका एक अधिकारीले भैरहवाको उक्त नक्कली स्टीकर धनुषाको डिष्टलरीको हुनै नसक्ने बताउँछन् । उनले नाम उल्लेख नगर्ने सर्तमा भने–भैरहवाको बेलहियाबाट धनुषाको सांग्रिला डिष्टीलरीमा नक्कली स्टीकर पु¥याउन राजस्व अनुसन्धान विभागका तीन वटा चेकिङ पइन्ट पार गर्नुपर्छ । बुटवल, पथलैया र बर्दिबासको राजस्वका चेकिङ पार गरी धनुषा नक्कली अन्तशुल्क लैजान सम्भव छैन । ती राजस्वका चेक प्वाइन्ट सांग्रिला जस्तो सानो डिष्टीलरीले गर्न संभव छैन ।

धनुषाको सांग्रिला डिष्टीलरीले भारतबाट नक्कली स्टीकर छापेर भैरहवाबाट होइन, धनुषाकै खजुरी नाका, जलेश्वरको भिटामोडबाटै ल्याउँछ । जुन नाकाबाट ल्याउँदा एउटा पनि राजस्व चेक प्वाइन्ट पर्दैन । जानीजानी राजस्वका तीन वटा ढाट प्रयोग गरी रिस्क किन लिन्छ धनुषाको डिष्टीलरीले ? भैरहवा प्रहरीले बरामद गरेको नक्कली स्टीकर धनुषाको सांग्रिला डिष्टीलरीका कुशेश्वर साहकै हो भने उनको उद्योगले मात्र त्यो स्टीकर प्रयोग गथ्र्यो कि अरु मदिरा उद्योगहरुलाई पनि उनी सप्लाई गर्थे ? यो पाटोमा पनि खोजी हुनुपर्छ, ती अधिकारीेले भने ।

nakkali sticar baramad 1341
चैत ६ गते भैरहवामा बरामद भएको नक्कली अन्तशुल्क स्टीकर । फोटो साभारः दृष्टिन्यूज डटकम

ती अधिकारीको प्रश्न छ भैरहवामा बरामद भएको भारतमा छापेर ल्याएको नक्कली स्टीकर ठूला मदिरा उद्योगहरुको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला मदिरा उद्योगहरुमाथि छानबिन गर्नुपर्छ । भारतबाट नक्कली स्टीकर प्रयोग गरी अरबौं राजस्व छली गर्ने ठूला मदिरा उद्योगमाथि कारबाही गर्ने आँट उनले गर्नुपर्छ । तिनै ठूला मदिरा उद्योगहरुले नै ठूलो धनराशी खर्चेर नक्कली स्टीकर भित्र्याउने बीरगंजमा पक्राउ परेका विनोदकुमार गुप्तालाई अदालतबाट छुटाइसकेका छन् ।
नेपालमा यति डिष्टीलरी, जाउलाखेल डिष्टीलरी जस्ता ठूला मदिरा उद्योगहरुको प्रभावमा राजस्व, प्रहरी र आन्तरिक राजस्व विभागका उच्च अधिकारी छन् ।
चुडामणि शर्मा आन्तरिक राजस्व विभागको महानिर्देशक भएपछि मदिरा उद्योगहरुले भारतबाट नक्कली मदिराको स्टीकर ल्याएर निर्वाध प्रयोग गर्दैआएको स्रोत बताउँछ । आन्तरिक राजस्व विभाग स्रोतका अनुसार ठूला मदिरा उद्योगहरुले नै नक्कली स्टीकर भारतबाट ल्याएर प्रयोग गरी दैनिक करोडौं अन्तशुल्क छली गर्दैआएका छन् । मदिरा उद्योगमा सम्बन्धित अन्तशुल्क कार्यालयबाट अन्तशुल्क स्टीकर टाँस्नका लागि कर्मचारी खटाउने गरिन्छ । उक्त कर्मचारी र उद्योग मिलेर अन्तशुल्क छली हुने गरेको समाचार बारम्बार आइरहने गर्दछ । चुडामणि शर्मा महानिर्देशक भएपछि नक्कली स्टीकर प्रयोग गर्ने क्रम बढेको हो ।
विगतमा अन्तशुल्कका कति स्टीकर भित्रिए र ती कुन कुन मदिरा उद्योगले प्रयोग गरी राजस्व नोक्सान पु¥याए भन्ने अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा यो काण्ड गुपचुप पार्ने खेल भइरहेको छ । नक्कली स्टीकर विगतदेखि नै भित्रिएको र आन्तरिक राजस्व विभागका ठूला कर्मचारी र मदिरा उद्योगको मिलेमतो रहेकाले पनि यसमा लहरो तान्दा पहरो नै गर्जिने स्रोतले बताएको छ । यसमा अर्थमन्त्री खतिवडाले विशेष ध्यान दिनुपर्छ ।
अन्तशुल्क ऐनले अन्तशुल्कको स्टीकरको बारेमा अनुसन्धान र कारबाही गर्ने अधिकार अन्तशुल्क अधिकृतलाई दिएको छ । प्रहरीले कीर्तेमा मात्र कारबाही गर्नसक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७