पशुपति धर्मशालामा होटल चलाउने बतास समूहको बाटो बन्द


१८ जेष्ठ २०७९, बुधबार
Pashputi Dharmasala

काठमाडौं : पशुपति धर्मशालामा होटल चलाउने बतास समूहको बाटो बन्द भएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले होटेल सञ्चालन पाउनेगरी दिएको अन्तरकालीन आदेश बदर भएसँगै बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको हो ।

यसअघि पशुपति क्षेत्र विकास कोषले एकपक्षीय रुपमा करार सम्झौता भंग गरेको भन्दै बतास समूहका तर्फबाट होटल आनन्द प्रालि अदालत गएको थियो ।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

गत वर्ष चैत २५ गतेको आदेशमा जिल्ला अदालत काठमाडौंले निवेदकको व्यवसायमा गैरकानुनी रूपमा असर पर्नेगरी कुनै पनि कार्य नगर्न नगराउन भनेको थियो । 

दुई पक्षीय करार सम्हौता उल्लङ्घन भएको ठहर गर्दै अदालतले एउटा पक्ष मान्न बाध्य नहुने फैसला सुनाएको हो ।

‘मुलुकी देवानी संहिता, २०७४ को दफा ५३८ एवं ५४० समेतलाई आधार बनाइ करार भंग भैसकेको अवस्थामा प्रस्तुत मुद्धा मिति २०७८/१२/२४ गते दर्ता हुन् आएको र ए दफा ५३५ को उपदफा (३) का साथै दफा ५४० को उपदफा (२) को ङ्ग बमोजिम करार उल्लङ्घन भै बदर भैसकेको अवस्थामा करारको परिपालना गराउन एक पक्ष बाध्य हुनसक्ने देखिंदैन’, फैसलामा भनिएको छ, ‘तसर्थ, प्रतिवादी पक्षबाट करार भंग गरिसकेको स्थितिलाई बादी पक्षले समेत स्वीकार गरि रहेको पाइन्छ । तसर्थ भंग भैसकेको करारलाई यथावत पालना गर्न मिल्ने अवस्था कानुनत: देखिन आएको स्थिति नभएबाट मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम जारी भएको अन्तरकालीन आदेश कायम रहन सक्ने देखिएन । अत: उक्त आदेश बदर गरि दिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७