डीआइजी बढुवा हुन ब्यापारीको प्रयोग


१४ चैत्र २०७४, बुधबार

काठमाडौं, १४ चैत । नेपाल प्रहरीमा ८ महिनादेखि रिक्त तीन डीआइजी पदमा बढुवा हुनका लागि एसएसपीद्वय विष्णुहरि गौतम र सुवास चौधरी शक्तिकेन्द्र धाइरहेका छन् । संघीय प्रहरी इकाई कार्यालय गण्डकीका प्रमुख गौतम र जनकपुरका चौधरी केही दिनदेखि काठमाडौंमै बसी शक्तिकेन्द्र धाउन थालेका छन् ।

nepal police

गृहमन्त्री नियुक्त नहुँदै गौतम र चौधरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमार्फत् फोन गराएर प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगे । गृहमन्त्रालयको समेत जिम्मेवारी लिएका ओलीले बढुवा गर्ने आश्वासन दिए । तर बढुवा प्रक्रिया सुरु हुन सकेन । त्यसपछि पुनः एसएसपी गौतमले ब्यापारी कृष्ण आचार्यमार्फत् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा बादललाई भेटिसकेका छन् । पिपुल्स हाइड्रोमार्फत् दोलखाको खिम्तीमा ४५० मेघावाटको जलविद्युत निर्माणमा लागेका आचार्य एसएसपी गौतमका जेठान हुन् ।
एसएसपीको ६ बर्षे पदावधिका हिसाबले गौतम र चौधरी यही चैत २६ मा अवकाश हुँदैछन् । उनीहरुको जागिर अवधि १२ दिनमात्र बाँकी छ ।
तीन डीआइजी पद १ बर्षदेखि रिक्त राखेर आफूहरुलाई बढुवा नगरी अन्याय गरेको गुनासो एसएसपीद्वय गौतम र चौधरीले प्रधानमन्त्री ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष दाहाल र गृहमन्त्री थापासँग गरेका छन् । डीआइजी बढुवा भए उनीहरु २०७५ असारसम्म जागिर खान पाउनेछन् । असारमा ३० बर्षे सेवावधिका कारण उनीहरु अवकाश हुनेछन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७