यो बजेटले कोसीपारि देख्दै देखेन : गगन थापा (भिडिओ)


१९ जेष्ठ २०७९, बिहीबार
Gagan thapa bSMYM2dVPS
फाइल् फोटो

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारका मन्त्री र दलका शक्तिशालीहरूको निर्वाचन केन्द्रीत भएको बताएका छन् । पूर्ववर्ती सरकारले जस्तै बजेट निश्चित निर्वाचन क्षेत्र केन्द्रीत भएको उनको भनाई छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै थापाले भने, ‘पूर्ववर्ती सरकारले बजेट ल्याउँदा हामीले प्रश्न गर्‍यौं- यो बजेटको नारा ‘समृद्ध झापा, सुखी झापाली हो’ । यसपटक मानिसहरूको भनाइ के छ भने- पश्चिमबाट बजेट आयो, पश्चिमतिरै सकियो । यसले कोसीपारि देख्दै देखेन ।’

थापाले अर्थतन्त्र ७ प्रतिशतले बढ्दै गर्दा राजश्व कसरी २० प्रतिशतले बढ्छ भन्ने प्रश्न गरे। ‘यस वर्ष समग्रमा राजश्वको लक्ष्य अरू वर्षहरूको भन्दा कम हुने अवस्था देखिन्छ,’ थापाले भने, ‘यस्तो अवस्थामा यति धेरै राजश्व बढाउँछु भनेर अर्थमन्त्रीले मलाई कसरी आश्वस्त पार्नुहुन्छ?’

थापाले व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित उत्पादन बढाउने कार्यक्रमलाई प्राथमिकता दिनु बजेटको सकरात्मक पक्ष भएको बताए ।

‘हाम्रो अर्थतन्त्र संकटको चुरो भनेको व्यापार घाटा हो । व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । त्यसले आयातबाट उत्पादनतर्फको प्रष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीज्यूले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ । म यसको स्वागत गर्दछु’, थापाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७