जनसंगठन संयन्त्रका नेताहरुलाई अध्यक्ष ओलीले भने : आफ्नै नेताबाट पार्टी जोगाउने चुनौति देखियो

‘आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो’


१९ जेष्ठ २०७९, बिहीबार
KP Sharma oli

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नै नेताहरूबाट बचाउने भन्ने चुनौती नेकपा (एमाले) भित्र थपिएको बताएका छन् । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बनेको अध्यक्ष ओलीको भनाई छ ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधनका गर्दै अध्यक्ष ओलीले विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था पनि देखिएको बताएका हुन् ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले जनताले एमालेलाई माया गरेर लोकप्रिय पहिलो मत दिएपनि पार्टीभित्र समस्या देखिएको बताए ।

ओलीको भनाइ उदृत गर्दै उपप्रमुख रिजालले भने, ‘जनताले नेकपा (एमाले) लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

CPN UML Meeting
जनसंगठन समन्वय संयन्त्रको बैठकपछि नेताहरु

पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले एमालेलाई माया गरेर लोकप्रिय पहिलो मत दिएपनि समस्या एमालेभित्रै देखिएको बताएका हुन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अन्तर्घातको विवरण देशभरबाट आफूले लिइरहेको ‌ओलीले बताएका थिए ।

अध्यक्ष ओलीले दोस्रो कारणका रुपमा नेताहरुलाई सही जिम्मेवारी दिन नसक्नु पनि समस्या भएको बताए । ‘कतिपय ठाउँमा हामीले नेता कार्यकर्तालाई राम्रोसँग जिम्मेवारी दिन सकेनौँ । त्यसले गर्दा पनि कतिपय ठाउँमा हामीलाई क्षति भएको छ,’ ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७