मधेस प्रदेशमा जेठ २२ गते नीति कार्यक्रम पेस हुने


२० जेष्ठ २०७९, शुक्रबार
pradesh2 finnal

धनुषा । मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते आइतबार दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने जानकारी गराए । उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आ-आफ्नो वेशभूषामा सहभागी हुन प्रदेशसभा सदस्यलाई आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७