ज्योती मगर लोक स्टारको निर्णायक बन्दै


२० जेष्ठ २०७९, शुक्रबार
jyoti kWiL8muoOG

काठमाडौं । पहिरन र गाएका गीतले नेपाली लोक गीत/संगीतलाई बिगारेको आरोप खेप्दै आएकी गायिका गायिका ज्योती मगरलाई दर्शक तथा स्रोताले फरक रुपमा देख्न पाउने भएका छन् । ज्योती अब लोक गीत/संगीतको रियालिटी शो ‘नेपाल लोकस्टार’ को दोस्रो सिजनमा निर्णायकको कुर्सीमा देखिने भएकी छन् ।

हिमालयन टेलिभिजनले उत्पादन तथा प्रसारण गर्ने ‘नेपाल लोकस्टार’ को अहिले अडिसन चलिरहेको छ । ‘नेपाल लोकस्टार’को दोस्रो सिजनमा भाग लिन चाहने प्रतियोगीले घरबाटै डिजिटल अडिसन दिन सक्ने छन् ।

डिजिटल अडिसनका लागि हिमालय टेलिभिजनको वेवसाइट एपमा अडिसन वटम क्लीक गरी लोकस्टारको अडिसन पेजमा जानु पर्नेछ । त्यहाँ आफ्नो व्यक्तिगत विवरणहरू भरी आफूले गाएको गीतको क्लीप अपलोड गरी सबमिट गर्नुपर्नेछ । प्रारम्भिक छनौटमा पर्ने प्रतियोगीलाई निर्माण टिमले जानकारी दिने जनाएको छ ।

विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने यो शो मा ज्योतीसँगै कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा पनि निर्णायकको कुर्सीमा देखिने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७