प्रहरी प्रशासनको संरक्षणमा यसरी भइरहेको छ सुनकोशीको दोहन


१४ चैत्र २०७४, बुधबार
Sunkoshi river side sahakul thapa

काभ्रे, १४ चैत । प्रहरीको संरक्षणमा गुण्डानाइके गणेश लामाको समूहले सुनकोशी नदीको अत्यधिक दोहन गरेपछि पाँचखाल नगरपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । सुनकोशी नदीको अत्यधिक दोहनले त्यस क्षेत्रका लहलह धान फल्ने मलिला फाँटहरु नै बगरमा परिणत हुने भएपछि स्थानीय जागेका छन् ।

Sunkoshi river side sahakul thapa
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापालाई लाखौं लाख घुस दिएर नदी दोहन गरेपछि नगरपालिकाको १३ वडाका स्थानीयले तालाबन्दी गरेका हुन् । शुक्रवार प्रकाश ब्लोनको नेतृत्वमा गएका स्थानीयहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

sunkoshi 2
सुनकोशी नदी दोहनका क्रममा यस्तो हुँदै गएको छ ।

तत्कालीन कोशीदेखा गा.बि.स हाल पाँचखाल नगरपालिका वडा न. १३ अन्तर्गत कोशीदेखाको शेराबेसी सुनकोशी नदीको लामाबगरमा गुण्डा र प्रहरी प्रशासनको मिलेमतोमा नदीको बालुवा व्यापक तस्करी हुने गरेको छ । उक्त नदीको दोहन गरी हाल दिनरात सयौं ट्रीपर बालुवा तस्करी भइरहेको छ।

यो पनि पढ्नुहोस्
एसपीलाई उन्मुक्ति, असईलाई कारबाही

प्रहरीका प्रमुख थापा, स्थानीय सरकार प्रमुख खरेल मुकदर्शक र वडाध्यक्ष घुस खाएर रमिते बनेपछि रमिता हेरेर बसेका छन् । त्यो तस्करी रोक्न पहल नगरे सुनकोशी नदी अनियन्त्रित भएर शेराबेसी र तिमालबेसीको खेत साथै अमलटारीको खेतलाई समेत असर गर्न थालेको छ । नदीबाट बालुवा र गिट्टी निकाल्दा नदीको गहिराई बढ्ने र माथिल्लो भागमा नदीले कटान गर्ने सम्भावना बढी हुन्छ । नदीले नियमित बग्ने मार्ग परिवर्तन गर्नसक्छ र त्यसले तिमालबेसी र शेराबेसी लगायतका खेतीयोग्य फाँटहरु बगाउने भएपछि स्थानीय जागरुक भएर नदी दोहन रोक्न एकजुट भएर तालाबन्दी गर्न पुगेका छन् ।

sunkoshi
सुनकोशी नदीमा स्काभेटर लगाएर बालुवा निकाल्दै ।

एसपी थापा काभ्रेमा आएपछि पनि उनले डन गणेश लामा लगायतका क्रसर उद्योगहरुबाट मासिक लाखौं घुस खाएर प्राकृतिक दोहन गर्न छुट दिंदै आएका छन् । काभ्रेको काभ्रेभन्ज्याङ अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी नायब निरीक्षक (असई) रामनारायण श्रेष्ठ, देवनगर प्रहरीचौकीका आमोदप्रसाद यादवलाई प्रहरी संगठनको नीति विपरीत अवैध रुपमा प्राकृतिक स्रोत उत्खनन् गर्नेहरुसँग मिलेमतो गरेको आरोपमा संघीय प्रहरी इकाई कार्यालयमा तानेर छानबिन सुरु गरी कारबाही गरिएको थियो । ती दुवै चौकीका असई श्रेष्ठ र यादवले एसपी थापालाई मासिक २ लाख घुस दिने गरेकाले उनीहरुलाई बर्षौदेखि सरुवा नगरी राखिएको थियो । असई श्रेष्ठ र यादवलाई कारबाही गरिए पनि एसपीलाई उन्मुक्ति दिइएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७