‘मेरी सानी के गर्दै होलिन्’ सार्वजनिक


२१ जेष्ठ २०७९, शनिबार

काठमाडौं । गायक रविन लिम्बूको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी के गर्दै होलिन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीत डिपी खनाल र सदु खनालले संयुक्तरुपमा लेखेका हुन् । गीतमा शङ्कर थापा ‘स्माइल’ को सङ्गीत रहेको छ भने विश्व अधिकारीले सङ्गीत संयोजन गर्नभएको छ ।

‘मेरी सानी के गर्दै होलिन् ?, मेरी सानी कहाँ गइन् होली ?’, ‘म आउँदैछु घर फर्की लिई कोसेली’, ‘मेरी सानी भर्दै होलिन् पानी’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

सहरमा भएको प्रेमी र गाउँमा भएकी प्रेमिकाबीचको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा नायक आर्यन सिग्देल र रुबिना थापाको अभिनय छ । सुरेश पाण्डेले कोरियोग्राफी गरेको भिडियोलाई हिमाल श्रेष्ठले छायाङ्कन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको भिडियोलाई सौरभ लामाको निर्देशनमा तयार पारिएको छ । भिडियो ‘डश म्युजिक’ को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको जनाइएको छ ।

  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७