‘आईजीपीमा भागबन्डा हुनुपर्ने’ भन्दै एआईजी लागे लविङमा


१४ चैत्र २०७४, बुधबार
Kp oli puspa kamal dahal prachand and sailendra khanal 2

काठमाडौं, १४ चैत । तीस बर्षे सेवा अवधिका कारण चैत २८ गते नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका आईजीपी सिंहबहादुर श्रेष्ठले अवकास पाउँदैछन् । अर्याल र श्रेष्ठको अवकाशपछि सकारले दुवै संगठनमा नयाँ आईजीपी नियुक्तिका लागि गृहकार्य थालनी गरेको छ ।सरकारको गृहकार्य चल्दै गर्दा सशस्त्र प्रहरी बलको भावी नेतृत्वको प्रतिस्पर्धामा रहेका एक एआईजीले ‘भागबन्डा’ को नयाँ कार्ड फालेका छन् ।Kp oli puspa kamal dahal prachand and sailendra khanal 2

 

सशस्त्र प्रहरी बलका एआईजी शैलेन्द्र खनालले त्यस्तो भागबन्डाको कार्ड फाल्दै आफू माओवादीको कोटाबाट आईजीपी हुन पाउनुपर्ने भन्दै नेताहरुसँग भेटेर लविङ शुरु गरेको स्रोतले बताएको छ । माओवादी केन्द्रका एक प्रभावशाली नेताका अनुसार एआईजी खनाल नेपाल प्रहरी एमालेको भागमा छाड्नुपर्ने र सशस्त्र प्रहरी बल माओवादीले लिनुपर्ने भन्दै माओवादी अध्यक्ष निकट नेताहरुमार्फत् लविङमा लागेका छन् ।

‘मैले पार्टीलाई पहिले पनि सहयोग गर्दै आएको थिएँ, आगामी दिनमा पनि सहयोग गर्न तयार छु’ ती प्रभावशाली नेताले खनालको भनाई उदृत गर्दै भने, ‘यसपटक के गर्नुपर्छ म तयार नै छु, तपाईहरुले भागबन्डामा पारेर मलाई आईजीपी बन्न सहयोग गर्नुपर्छ ।’

एआईजी खनालले प्रधानमन्त्री केपी शर्मा ओली आफूसँग नकारात्मक भएको पाएसँगै यस्तो लविङमा लागेको बताइएको छ । खनालले प्रचण्डका कान्छा ज्वाईं जीवन आचार्यमार्फत् प्रचण्डलाई प्रभावमा पार्न खोजेको स्रोतको भनाइ छ ।

दुर्जकुमार राई सशस्त्र प्रहरीको प्रमुख हुँदा आफ्ना ब्याचमेटहरुलाई उछिन्दै ब्याचबाट सिंगल बढुवा भएका उनलाई अवसरवादी अधिकृतको रुपमा चिनिन्छ । त्यतिबेला बढुवा हुनका लागि उनले प्रचण्डका ज्वाईं जीवन आचार्यलाई गाडी किनिदिएको चर्चा चलेको थियो । आफ्नो ब्याचमेट्सलाई उछिनेर सिंगल एआईजीमा बढुवा भएपछि उनमा पलाएको घमण्डका कारण उनको आईजीपी सपना तुषारापात हुने निश्चित प्रायः भएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

aig khanal
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा एआइजी खनाल ।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि बर्दीमै देउवा निवास पुगेर बधाईको नाममा चाकडी गरेका खनालसँग बर्तमान प्रधानमन्त्री केपी ओली रुष्ट छन् । गत मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा शेरबहादुर देउवादेखि बिजय गच्छदारसम्मलाई चुनाव खर्च दिएको र बाम गठबन्धनका उम्मेदवारबिरुद्ध सशस्त्र प्रहरी बलको जनशक्ति दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।

भारतीय गुप्तचर संस्था ‘रअ’ निकट भएको आरोप खेप्दै आएका खनाललाई अर्धसैनिक बलको कमाण्ड दिएमा राष्ट्रिय सुरक्षामा नै आँच आउन सक्ने कत्तिपय सुरक्षाविदहरु बताउँछन् । खनाल पत्नीले अमेरिकाको ग्रिनकार्ड लिएको हुनाले पनि उनी आईजीपीका लागी अयोग्य रहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७