सशस्त्रका डिआइजी सिपी गौतम एआईजीमा बढुवा


२३ जेष्ठ २०७९, सोमबार
Chandra Prakash

काठमाडौं । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । गौतम हाल कार्यरत डीआईजी मध्ये वरिष्ठ हुन् ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई रिक्त एक एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । राजु अर्याल आईजीपीमा बढुवा र अर्का एआईजी रामशरण पौडेल अनिवार्य अवकासमा गएपछि वैशाख १९ गतेबाट २ एआईजी रिक्त भएको थियो ।

एउटा पदमा यसअघि नै नारायणदत्त पौडेल बढुवा भएका थिए । पौडेललाई बढुवा गर्ने निर्णय भएकै दिन अर्को एआईजी बढुवाका लागि सूचना प्रकाशन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७