मन्त्री फेर्ने पार्टीको निर्णय हो, कार्यान्वयन हुन्छ : झलनाथ खनाल


२३ जेष्ठ २०७९, सोमबार
jhalanath khanal

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुने बताएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले आइतबार मात्रै पार्टीको निर्णयअनुसार चार जनालाई मन्त्रीका लागि सिफारिस गरेका थिए ।

पार्टीले सिफारिस गरेको भोलिपल्टै प्रधानमन्त्री शेरबहादुर देउवाले असहमति जनाएपछि हाललाई मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको हो । तर, नेता खनालले पार्टी आफ्नो निर्णयमा अडिग रहने र त्यही निर्णय कार्यान्वय हुने अडान लिएका छन् । ‘मन्त्री फेर्ने कुरा पार्टीको निर्णय हो । पार्टीकै निर्णय कार्यान्वयन हुन्छ,’ खनालले भने ।

खनालले पार्टीले सिफारिस गरेका चार जना नै मन्त्री बन्ने दाबी गरे । नेकपा एकीकृत समाजवादीले आइतबार सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७