युरोपको पछिल्लो अवस्थाले नेपालमा पनि सुरक्षा चुनौती : प्रधान सेनापति शर्मा

सहायक सेनानीमा पदोन्नति अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


२३ जेष्ठ २०७९, सोमबार
praabhuram scaled

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका सिस ४९ पदिक तथा हुद्दा अधिकृतहरूलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित सिस ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापन कार्यक्रममा उहाँले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपाली सेनाको छविलाई सदैव उच्च राख्न जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्दै उनले सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थ समेत काम गर्दै आएको चर्चा गरे । जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयार छ भन्दै उनले पुर्खाहरूको देनले नै नेपाली सेना सङ्गठन स्थापित भएको र यो संस्था व्यावसायिक एवं मर्यादित संस्था भएको बताए । प्रधान सेनापति शर्माले युरोपको पछिल्लो अवस्थाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन् ।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सि सं ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिमको समापन गर्दै हाम्रासामु जटिल सुरक्षा चुनौती रहेको बताएका हुन् ।

प्रधानसेनापति शर्माले भने, “मन मस्तिष्कबाट मुलुक र सङ्गठनप्रति समर्पण भाव राखी काम गर्नु, सङ्गठनको छविलाई सधैँ उँचो बनाइराख्नु, संविधानले दिएको जिम्मेवारीसहित सेनाले विपद्, मुलुकको सङ्कटमा काँधमा काँध मिलाएको छ । सेना देश र जनताप्रति सधैं बफादार छ ।”

विसं २०७८ भदौ १० गते सुरु भएको तालिमको समापनमा तालिम अवधिमा प्रथम हुने पदिक गणेश डल्लाकोटीलाई उनले पुरस्कार प्रदान गरेका थिए । तालिममा ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट, ६२ पदिक तथा हुद्दा अधिकृत क्याडेट पास आउट भएका छन् थियो । तालिम सेनाका नयाँ अधिकृतहरूले प्रदर्शन गरेका कवाज एवं परेडको प्रधानसेनापति शर्माले निरीक्षण गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजङ्ग थापाले विसं २०४३ मा प्रतिष्ठानको स्थापना भएको र २०६६ सालदेखि नेपाली सैनिक प्रतिष्ठान भएको बताए । उनले २०६१ सालबाट प्राविधिक तथा महिलाका लागि पनि अधिकृत तालिम दिन सुरु भएको भन्दै अहिले यस प्रतिष्ठानमा सिस ६०, ६१ र ६५ को तालिम भइरहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७