काठमाडौंको फोहोर भोलिबाट उठाइने


२३ जेष्ठ २०७९, सोमबार
phohar kathamandu फोहोर काठमाडौं yatayat bus

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर भोलिबाट उठाउने सहमति भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सोमबार भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको हो ।

काठमाडौंमा दस दिनदेखि थुप्रिएको फोहोर मंगलबार बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको हो ।

सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ।

Kathmandu Nepal

सहरी विकास मन्त्रालयमा दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता थियो ।

शहरी विकास मन्त्रालय, काठमाडाैैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ। असार मसान्तसम्म प्रचारप्रसार अभियान चलाएपछि साउन १ बाट महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडी पठाएर संकलन गर्नेछ। साउन १ पछि कुनै घरले कुहिने र नकुहिने फोहोर मिसाएर फाल्न ल्यायो भने उसलाई कारबाही गरिने प्रतिबद्धतापत्रमा छ।

Kathamdnu
Kathamdu 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७