वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त


२३ जेष्ठ २०७९, सोमबार
42 Shares
dim prakash poudel 20220606205814

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७