तालमा डुबेर एक जनाको मृत्यु


२४ जेष्ठ २०७९, मंगलवार
dubera
सांकेतिक तस्वीर

कैलाली । कैलालीको टीकापुरमा तालमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका-८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७