कालीगण्डकीमा निर्माणाधीन पुल : एक दशकमा ८० प्रतिशत काम


२४ जेष्ठ २०७९, मंगलवार
28 Shares
pul
फाइल फोटो

पाल्पा । कालीगण्डकीको निर्दिम भुजातघाट जोड्ने पक्की पुल निर्माणको काम थालनी भएको करिब एक दशक भयो । तीन वर्षमा काम सम्पन्न गर्ने योजना रहे पनि पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन ।

लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर-८ र गण्डकी प्रदेशको स्याङ्गजाको चापाकोट-९ जोड्ने कालीगण्डकी नदीमा निर्माण भइरहेको पुलको काम हालसम्म करिब ८० प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ । विसं २०६९ असारमा सम्झौता भएको पुल मंसिरदेखि निर्माण प्रक्रिया सुरु गरिएको हो । सम्झौतानुसार तीन वर्षभित्र पुल निर्माण कार्य सक्नुपर्ने भए पनि चापाकोट क्षेत्रमा डिजाइन परिवर्तन गर्नुपर्ने हुँदा लामो समय लम्बिन पुग्यो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पटक-पटक म्याद थप गरेर निर्माणको काम अगाडि बढाइएको छ । विसं २०७७ को चैतमा डिजाइन पास भएपश्चात् निर्माणको काम धमाधम अगाडि बढाइएको निर्माण व्यवसायी यामबहादुर श्रेष्ठले बताए । “पुल सुरु गरेको अवधि धेरै समय लम्बियो, डिजाइन परिवर्तनले गर्दा करिब चार/पाँच वर्ष त काम नै गर्न पाइएन, डिजाइन पास भएपछि अहिले धमाधम काम भइरहेको छ, ८० प्रतिशत त काम सम्पन्न भइसकेको छ, अब तोकिएकै समयमा नै निर्माणको काम सकिन्छ”, उनले भने ।

ncll 2

कन्काई नेपाल प्रगति मिलेनियम जेभीले भ्याटसहित रु १५ करोडको लागतमा सम्झौता गरी निर्माण कार्य थालनी गरेको हो । हाल यहाँ भारतीय मुलुक र नेपाली मुलुकका गरी २० जना कामदार दैनिक परिचालन गरिएको छ । असारभित्र दुई स्पान सम्पन्न गर्ने र वर्षायाम सकिएपछि एक स्पानको काम सक्ने बताइएको छ । आगामी चैत मसान्तभित्र काम सम्पन्न गर्ने गरी निर्माणको कामलाई तीव्र बनाइएको छ ।

jagdamba.cement

पुलले कालीगण्डकी वारिपारी सामाजिक, आर्थिक र व्यावसायिक क्षेत्रमा आमुल परिवर्तन गर्ने चापाकोट नगरपालिका-९ स्थित निर्दिम बस्ने बन्धुराज तिमिल्सिना बताउँछन् । उनी भन्छन्, “गाउँघरमा उत्पादन भएका सामग्री ओसारपसार गर्न, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नागरिकले राम्रो सुविधा उपभोग गर्न पाउनेछन्, विकासको आधार नै नदी वारिपारीका लागि मोटरेबल पुल हो ।”

रामपुर नगरपालिका-८ बस्ने गणेश आचार्यले पुलले दैनिकी जीविकोपार्जन, आरामदायी यात्रा मात्र नभई दुई जिल्ला बीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएका छन् । यस पुलबाट स्याङ्गजाको चापाकोट, पाल्पाको रामपुर नगरपालिकाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । यहीँ पुलबाट रामपुर, चापाकोट, गल्याङ्ग, वालिङ बजारमा दैनिक आवतजावत गर्न टेवा पुग्नेछ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७