अफगानिस्तानमा एक महिनामा दुई हजार जना पक्राउ


२४ जेष्ठ २०७९, मंगलवार
af mahila sahasi O9X6ah56yH
A member of the Taliban forces points his gun at protesters, as Afghan demonstrators shout slogans during an anti-Pakistan protest, near the Pakistan embassy in Kabul, Afghanistan September 7, 2021. REUTERS/Stringer TPX IMAGES OF THE DAY

काबुल । अफगानिस्तानको राजधानी काबुलमा गत एक महिनामा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई हजार जनालाई पक्राउ गरेको राज्य सञ्चालित बख्तर समाचार संस्थाले सोमबार जनाएको छ ।

आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै उक्त संस्थाले जनाएअनुसार यो अवधिमा अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्ने सम्मका ८५९ मुद्दा दर्ता भएका र करिब दुई हजार जना पक्राउ परेका थिए ।

अफगानिस्तानमा गत अगस्त १५ मा तालिवान समूहले सत्ता कब्जा गरेपछि तालिवान समूहको नेतृत्वमा सरकार चल्दै आएको छ । तालिवान समूहले सरकारविरोधी गतिविधिमा संलग्न विपक्षी समूहका नेता कार्यकर्तालाई यो वा त्यो बहानामा पक्राउ गर्ने र अनावश्यक तनाव दिने गरेको विपक्षी समूहहरूको दावी रहँदै आएको छ ।

अफगानिस्तानमा अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै यो अवधिमा विभिन्न आपराधिक समूहहरू सक्रिय हुने गरेको सरकारी अधिकारीहरूको भनाई रहने गरेको छ । प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा संलग्न व्यक्ति र समूह रहेको जनाएको छ । उनीहरूविरूद्ध अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७