बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत


२४ जेष्ठ २०७९, मंगलवार
35 Shares
Boris Johnson pic

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाउका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले आफ्नो पक्षमाा बहुमत पार्न सफल भएका हुन् ।

उनको पार्टी कञ्जरभेटिभका ३५९ जना सांसदमध्ये उनको पक्षमा २११ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा १४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ । उनलाई विश्वासको मत जित्नका लागि १८० मत ल्याए पुग्थ्यो ।
आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएकाा थिए । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाइएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विश्वासको मतका लागि बेलायती समय अनुसार हिजो बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो । कोरोना महामारीका बेला मापदण्ड उल्लङ्घन गरेको र भोज आयोजना गरेको विषयमा जोनसनको आलोचना भइरहेको छ । लकडाउनमा भोजमा गएर नियम तोडेकोमा भने उनले माफी मागिसकेका छन् ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७