विपिन कार्की बलिउड फिल्म एनिमल’ मा खलपात्र बन्दै


२४ जेष्ठ २०७९, मंगलवार
bipin karki

काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’ मा खलपात्रमा देखिने भएका छन् । नेपाली फिल्म ‘पशुपति प्रसाद’ मा भस्मे डनका रुपमा चर्चा कमाएका कार्की ‘एनिमल’ मा खलपात्रको भूमिकामा देखिने भएका हुन् ।

उनले बलिउडका सफल कलाकार रणवीर कपुर, अनिल कपुरका साथमा नायिका रश्मीका मन्दन्नासँग स्क्रिन शेयर गर्नेछन् । विपिनले धेरै स्क्रिन शेयर चाहिँ खलपात्र अनिल कपुरसँग गर्नेछन् । यो फिल्ममा सन् १८७० का चर्चित भारतीय पहलमानका भाइको भूमिकामा विपिनले निर्वाह गर्ने भएका छन् ।

‘एनिमल’ फिल्ममा चाँडै हाँस्ने र चाँडै रुने पात्रका रुपमा आफू देखिन लागेको विपिनले जानकारी दिएका छन् । दोस्रो चरणको छायांकन भइरहेको यो चलचित्र सन्दीप रेड्डीले निर्देशनमा निर्माण भइरहेको छ । फिल्मको तेस्रो चरणको छायांकनबाट विपिन फिल्ममा मिसिने छन् । नेपाली फिल्म ‘के घर के डेरा’ को छायांकनमा व्यस्त विपिन यो फिल्मको काम सकिए लगत्तै मुम्बइ जाने छन् । ‘एनिमल’ का लागि उनले पाँच दिन मुम्बइमा बिताउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७