स्थानीयवासीले दिएनन् बन्चरेडाँडामा फोहोर फाल्न


२४ जेष्ठ २०७९, मंगलवार
phohar kathamandu फोहोर काठमाडौं yatayat bus

काठमाडौं : ल्याण्डफिल्डसाइड बन्चरेडाँडाका स्थानीयले फोहोर फाल्न पुनः रोक लगाएका छन्। १० दिनदेखि काठमाडौं महानगरपालिकाका चोक चोकमा थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको थियो।

काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो। सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न दिएका छैनन् ।

काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार स्थानीयले अवरोध सिर्जना गर्न खोजेपछि सहमतिको प्रयास भइरहेको छ। गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७