चट्याङ लागेर मृत्यु


२४ जेष्ठ २०७९, मंगलवार
chatyang 2

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रनाउ कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७