नेपालगञ्जपछि काठमाडौंका ६ क्यासिनोमा प्रहरीको छापा, आठ नेपाली पक्राउ


२४ जेष्ठ २०७९, मंगलवार
Casino
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंका ६ क्यासिनोमा प्रहरीले छापा मारेको छ । सो क्रममा आठ जना नेपाली पक्राउ परेका छन् ।
क्यासिनोमा नेपालीलाई जुवा खेल्न निषेध छ । काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले गए राति नक्सालस्थित मेरियट होटलको क्यासिनोबाट ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले मेरियटसहित दरबारमार्गको थाई कम्प्लेक्ससहितका ६ क्यासिनोमा छापा मारेको एसएसपी वसन्त कुँवरले जानकारी दिए ।

यस्तै प्रहरीले प्रहरीले एकै पटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उनले बताए । उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपालको कुनै पनि क्यासिनोमा विदेशी बाहेक नेपालीलाई प्रवेश गर्न निषेध छ । तर नेपालगञ्जका क्यासिनोहरूले निर्वाधरूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् ।

यसैबीच प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइली भन्ने शिवकुमार वढईलाई जमुनाह नाकाबाट पक्राउ गरेको छ । उनले नेपालगञ्ज-१८ कारकाँदोस्थित पसलमा समान किन्ने बहानामा गएर ७० वर्षीया लीलावती गुप्तालाई कुटपिट गरेको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गुप्ताको मृत्युपछि वढई फरार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७