एमाले सांसदले मागे प्रमुख निर्वाचन आयुक्त थपलियाको राजीनामा


२४ जेष्ठ २०७९, मंगलवार
dinesh kumar thapaliya

काठमाडौं । प्रतिनिधिसभाको आज (मंगलबार) को वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको बैठकमा एमाले सांसद लालबहादुर थापाले प्रमुख आयुक्त थपलियासहित अन्य दुई आयुक्तको राजीनामा माग गरेका हुन् ।

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगकै छानबिन समितिको सुझाव विपरीत भएको भन्दै उनले मतगणना अघि बढाउन माग गरेका हुन् ।

‘स्थानीय तहको निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन आयुक्त सबुन शमशेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानबिन समितिको प्रतिवेदन विपरित राजनीतिक जालझेल, षडयन्त्र एवं प्रचलित कानुन विपरित जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु रामप्रसाद भण्डारी र इश्वरी प्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरि जनताको अभिमतमाथि अन्याय गरेकाले प्रमुख आयुक्त थपलिया लगायत आयुक्तको राजीनामाको माग गर्दछु’, उनले बैठकमा भने ।

थापाले सत्ता पक्षको कब्जाका बाबजुद बाजुरामा एमाले पहिलो दल बनिसकेको भन्दै बुढीगंगा नगरपालिकाको वडा नम्बर २, ३, ५ र ९ मा सत्तापक्षले योजनाबद्धरुपमा पुनः मतदानको निर्णय गराएको बताएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७