जनकपुरमा सात दिनदेखि बेपत्ता बालकको हत्या, झाडीमा भेटियो शव


२४ जेष्ठ २०७९, मंगलवार
raki barahi janakpur eXJA8tOC59

जनकपुर । जनकपुरमा एक सातादेखि हराइरहेका बालकको हत्या भएको अवस्थामा शव भेटिएको छ । जेठ १७ गते घरबाट बेपत्ता भएका सर्लाहीको कबिलासी नगरपालिका-७ गैर बाजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका-८ मा टेन्ट तानेर बसिरहेका जियाशरण बरहीका ६ वर्षीय छोरा राँकी बरहीको हत्या भएको हो ।

बालकको शव धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२२ र महोत्तरीको पीपरा गाउँपालिका-६ मा पर्ने वसविट्टीस्थित दूधमती नदी छेउको पानी भएको झाडीमा फेला परेको हो । गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको भन्दै परिवारजनले बलवा प्रहरी चौकीमा खोजी गर्नका लागि अनुरोध गरेका थिए ।

खोजी गर्ने क्रममा सोमबार राति झाडीमा बालकको शव फेला परेको हो । बेपत्ता लगतै उनको हत्या भएको प्रहरीको अनुमान छ । गरिबीका कारण बरहीको घर परिवार घुमन्ते जीवन विताइरहेका छन् । केही महिनादेखि मृतक बालकका आम-बुबासहित केही छिमेक जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन् । बालकको शव घटनास्थलबाट पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७