अछाम घटना अक्षम्य, दोषी पत्ता लगाई कारबाही होस् : गगन थापा


२४ जेष्ठ २०७९, मंगलवार
42 Shares
Gagan thapa bSMYM2dVPS

काठमाडौ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछामका १५ वर्षीय विनोद शाहीको मृत्युको घटना अक्षम्य रहेको बताउँदै अपराधीलाई हदैसम्मको कारबाहीको हुनुपर्ने माग गरेका छन् ।

आज (मंगलबार) संसद वैठकमा बोल्दै थापाले अपराधीले सजाय पाउनुपर्ने र निर्दोष कहिं-कतैबाट फस्ने अवस्था बन्न नहुने बताएका छन् । थापाले अछाम घटनाको प्रसङ्ग निकाल्दै सो घटना विभत्स आपराधिक रहेको बताए । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाही मृत भेटिएका थिए । उनी जेठ १७ गते वेपत्ता भएर गत शनिबार बिहान घर नजिकैको जंगलमा मृत भेटिएका थिए । घटनाको अनुसन्धान हुनुपर्ने भन्दै स्थानीय आन्दोलित छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सांसद थापाले भने, ‘यसमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ, दोषी छुट्दै नछुटोस् । यो हाम्रो माग छ । कहि-कतै राजनीतिक प्रतिशोध साँध्नका लागि यस्ता घटनाहरुको प्रयोग नहोस् माननीय गृहमन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

ncll 2

उनले भने, ‘जनप्रतिनिधि वा राजनीतिक दलका विशेष मान्छेलाई छानीछानी अनुसन्धान गर्नुभन्दा पहिले नै दोषी किटान गर्ने गरिकन बहसहरु जसरी अघि बढाइएको छ । यसबाट पनि मुद्दाहरु प्रभावित नहोस् । जसले गल्ती गरेको छ, अपराधीले सजाय पाओस् । अन्याय, निर्दोष कहिकतैबाट फस्ने अवस्था पनि नबनोस् ।’

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७