आलोचनापछि इम्बोस्ड नम्बर प्लेट अनिवार्यको निर्णयबाट पछि हट्यो विभाग

गण्डकीमा नयाँ र सरुवा दर्तालाई मात्रै इम्बोस्ड नम्बर प्लेट


२४ जेष्ठ २०७९, मंगलवार
imbost nomber plate AKD 5349 2 5a56cfe636a966.76490009
फाइल फोटो

काठमाडौं । स्वारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने निणर्य गरेको यातायात व्यवस्था विभाग तीब्र आलोचनापछि पछि हटेको छ ।

यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेपछि तीव्र आलोचना शुरु भएको थियो । तर आज वक्तव्यसहित विभागले सूचनाको बुझाइमा द्विविधा उत्पन्न भएकाले स्पष्टीकरण दिएको हो ।

अब गण्डकी प्रदेशमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले इम्बोस्ड नम्बर जडानबारे मंगलबार उक्त सूचना जारी गरेको हो ।

गण्डकीमा आइतबारदेखि इम्बोस्ड नम्बर जडान शुरु भएको थियो । हाल जडान गराउन सेवाग्राहीको अत्यधिक चाप थियो । मंगलबार नै उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समिति र उपभोक्ता मञ्च गण्डकीले संयुक्त विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने निणर्य खारेज गर्न माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७