अदालत परिसरमै गोली प्रहार गरी फरार हंशराज पक्राउ


२४ जेष्ठ २०७९, मंगलवार
nawalparasi goli prahar v7eF7zvfJd

नवलपरासी । जिल्ला अदालत नवलपरासी परिसरमै गोली प्रहार गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । आफ्नै काकी रोशनी यादवलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरी भागेका हंशराज यादवलाई पक्राउ गरिएको एसपी ऋषिराम कँडेलले जानकारी दिएका छन् ।

सोमबार दिउँसो अदालतमा अंश मुद्दाको विषयमा विवाद हुँदा उनले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेका थिए । तर उक्त गोली कसैलाई नलाग्दा मानवीय क्षति भने भएको थिएन ।

मंगलबार दिउँसो सुनवल गाउँपालिका-९ बनकट्टीस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट पेस्तोल, म्यागेजिन र एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा अनुसन्धान अगाडि बढाएको एसपी कँडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७