चार करोडसहित नागढुङ्गाबाट एक नेपाली र चार चिनियाँ नागरिक पक्राउ


२४ जेष्ठ २०७९, मंगलवार
money
फाइल फोटो

काठमाडौं । काठमाडौं प्रवेश नाका नागढुङ्गाबाट झण्डै चार करोड रूपैयाँसहित एक नेपाली र चार चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उनीहरुको साथमा ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद भएको काठमाडौं परिसरले जनाएको छ । पक्राउ परेका नेपाली नुवाकोटको विदुर नगरपालिका-८ का फुलबहादुर गुरुङ छन् ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा उक्त रकमसहित फेला पारेको हो । कारको डिकीमा बोरामा लुकाएर ल्याएको अवस्थामा रकम बरामद भएको हो । पक्राउ परेका गुरुङ कार चालक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७