दुई वर्षका बालकले बन्दुक खेलाउँदा बुबाको मृत्यु


२४ जेष्ठ २०७९, मंगलवार
14 Shares
death

काठमाडौं । फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ ।

भूइँमा रहेको झोलामा बन्दुक भेटेका ती अवोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा गम्भीर घाइते भएका रेग्गी म्याब्रेको उपचारका लागि स्थानीय अस्पताल पुर्‍याउने वित्तिकै मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले संवाददाता सम्मेलनमा बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रारम्भमा रेग्गीले आत्महत्या गरेको आशङ्का अनुसन्धान अधिकारीहरूले गरेका थिए तर मृतकका जेठा छोराले आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाँडमा गोली लागेको बयान दिएका थिए । घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा थिए ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७