रुसले सेभेरोडोनेत्स्कको आवासीय क्षेत्रहरू नियन्त्रण गर्छ : रुसी रक्षामन्त्री


२४ जेष्ठ २०७९, मंगलवार
shoigu

काठमाडौं । रुसी रक्षामन्त्री सर्गेई शोइगुले मस्कोका सेनाले युक्रेनको पूर्वमा पर्ने प्रमुख शहर सेभेरोडोनेत्स्कका आवासीय क्षेत्रको पूर्ण नियन्त्रणमा लिएको मङ्गलबार बताएका छन् ।

पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रमा अझै पनि युक्रेनी अधीन रहेको सबैभन्दा ठूलो शहर सेभेरोडोनेत्स्क – हालैका हप्ताहरूमा लडाइँको केन्द्रबिन्दु बनेको छ । ‘सेभेरोडोनेत्स्क शहरका आवासीय क्षेत्रहरू पूर्ण रूपमा मुक्त गरिएको छ’, शोइगुले रक्षा मन्त्रालयको बैठकमा टेलिभिजन टिप्पणीमा भनेका छन् ।

रुसी सेनाले अझै पनि शहरको ‘औद्योगिक क्षेत्र र निकटतम बस्तीहरू’ मा आफ्नो नियन्त्रण स्थापित गर्न खोजिरहेको उनले थपेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएदेखि रूसी सेनाले देशको पूर्वमा महत्वपूणर् लाभहरू हासिल गरेको बताइएको छ ।

रुसी सेनाले अहिले पूर्वी युक्रेनी बन्दरगाह शहर मारिउपोललाई नियन्त्रणमा लिएको छ जुन द्वन्द्व अघि देशको दोस्रो व्यस्त शहर थियो ।‘मारिउपोल बन्दरगाहको उत्खनन पूरा भएको छ । यो सामान्य रूपमा सञ्चालन भइरहेको छ र पहिलो कार्गो जहाजहरू स्वीकार गरेको पनि शोइगुले भनेका छन् । मस्कोको आक्रमण सशुरु भएयता ६ हजार ४८९ युक्रेनी सैनिकले रुसी सेनासमक्ष आत्मसमर्पण गरेको शोइगुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७