बैंक अफ काठमाण्डूमा ‘फिक्स डिपोजिट’ गर्दा चार गुणासम्म प्रतिफल पाइने


२४ जेष्ठ २०७९, मंगलवार
bok scaled

काठमाडौ, २४ जेठ। बैंक अफ काठमाण्डूले मुद्धती निक्षेप (फिक्स डिपोजिट) मा चार गुणासम्म प्रतिफल दिने नयाँ निक्षेप योजना अघि सारेको छ ।

बैंककाअनुसार सीमित अवधिका लागि अघि सारिएको ‘बीओके सुप्पर मुद्धती खाता’ मा अब दुईदेखि चार गुणासम्म प्रतिफल पाइने छ । ‘बीओके सुप्पर मुद्धतीमा लगानी, भविष्यका लागि सुरक्षित आम्दानी’ भन्ने अभियानकासाथ अघि सारिएको योजनाबाट अवकाश हुन लागेका सरकारी कर्मचारीसहित सबैखाले उपभोक्ता लाभान्वित हुने बैंकले जनाएको छ ।

एक साता अघि सुरु भएको योजनामा न्यूनतम ५० हजार रुपैयाँ निक्षेप हुनुपर्छ । त्यसपछि दुईदेखि चार गुणासम्मको प्रतिफलको योजनामा सहभागी हुन पाइन्छ । ६ वर्ष ५ महिनासम्म निक्षेप रकम खातामा राखे कुल रकमको २ गुणा नगद पाइने छ । यस्तै १० वर्ष ३ महिना सो रकम यो योजना अन्तर्गत खातामा राखे निक्षेप रकमको तीन गुणा नगद फिर्ता पाइने छ भने १३ वर्षसम्म उक्त रकम खातामा राखे कुल रकमको चार गुणा प्रतिफल पाइने छ ।

बैंककाअनुसार कुनै एक जना सरकारी कर्मचारीले सेवा निवृत्त हुनु ६ वर्ष ५ महिना अघि २० लाख रुपैयाँ बीओके सुप्पर मुद्धती योजनामा निक्षेप राखे उसले सेवा निवृत्त हुँदा दोब्बर अर्थात ४० लाख रुपैयाँ एकमुष्ट प्रतिफल पाउने छ । यस्तै तीन गुणा र चार गुणा प्रतिफल पाउने योजनामा सो रकम निक्षेप राखे योजनाअनुसारको तीन र चार गुणासम्म प्रतिफल निक्षेपकर्ताले पाउने छन् ।

बैंकको यो योजनाको विशेषताको रुपमा सेवाग्राहीले योजनामा राखेको रकमको ९० प्रतिशतसम्म ऋण पाउने छन् । यस्तै कसैले योजना अन्तर्गत एक करोड रुपैयाँ निक्षेप राखे सोही निक्षेपलाई धितो मानेर बैंकबाट ९० लाख रुपैयाँसम्म ऋण लिन पाउने छन् । सुविधा लिने ग्राहकले २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पाउने छन् भने क्रेडिटकार्ड जारी गर्दा कुनै शुल्क लाग्ने छैन ।

यो सुविधामा जोडिन चाहने ग्राहकले बैंकको कुनै पनि शाखामा सम्पर्क राखेर सेवा लिन सक्नेछन् । यस्तै हाल बैंक आफ काठमाण्डूमा निक्षेप खातामा रकम जम्मा गरिरहेका ग्राहकले आफ्नो निक्षेपलाई नयाँ योजनामा रुपान्तरण गर्ने सुबिधा पनि बैकले दिएको छ । यो सेवा लिनकालागि कुनै अतिरिक्त शुल्क लाग्दैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७