टी-ट्वान्टी क्रिकेट : अस्ट्रेलियासँग श्रीलङ्का १० विकेटले पराजित


२५ जेष्ठ २०७९, बुधबार
srilanka hhwg2GzU87

काठमाडौं । घरेलु टोली श्रीलङ्कासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा अस्ट्रेलिया १० विकेटले विजयी भएको छ ।
कोलम्बोमा गए राति भएको खेलमा श्रीलङ्काले दिएको १२९ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।

अस्ट्रेलियाका डेभिड वार्नरले अविजित ७० र कप्तान आरोन फिन्चले ६१ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले १९ ओभर ३ बलमा अलआउट हुँदै १२८ रन बनाएको थियो । श्रीलङ्काका चारिथ असलङ्काले ३८, पाथुम निशङ्काले ३६ तथा दनुश्का गुनाथलिकाले २६ रन जोडे ।

अस्ट्रेलियाका जोश हाजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए । जितसँगै अस्ट्रेलियाले ३ खेलको श्रृङ्खलामा १-० को अग्रता बनाएको छ । तीन वटा टी-२०, चार वटा एक दिवसीय र २ टेष्ट खेल्न अस्ट्रेलिया श्रीलङ्काको भ्रमणमा रहेको छ । अस्ट्रेलियाले सन् २०१६ पछि पहिलो पटक श्रीलङ्काको भ्रमण गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७