इङल्याण्ड र जर्मनीको खेल बराबरीमा रोकियो


२५ जेष्ठ २०७९, बुधबार
England Germany

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनी र इङल्याण्डको खेल १-१ गोलको बराबरीमा रोकिएको छ ।

मंगलबारको खेलको ५० औं मिनेटमा जोनास हपम्यानले गोल गर्दै जर्मनीलाई १-० गोलको अग्रता लिएको थियो । तर, खेलको ८८ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यससँगै जर्मनी र इङल्याण्डले अंक बाँडेका हुन् । समूह सीको अर्को खेलमा इटालीले हंगेरीमाथि २-० गोल अन्तरको जित हात पार्‍यो । यससँगै इटाली समूहमा ४ अंकसहित शीर्ष स्थानमा छ । जर्मनीले २ अंक हात पारेको छ भने इङल्याण्डले १ अंक मात्र जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७