चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एकको मृत्यु


२५ जेष्ठ २०७९, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एक जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका-४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो । ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७