गृहमन्त्री खाँणसँग प्रकाण्डको भेटवार्ता


२५ जेष्ठ २०७९, बुधबार
prakanda 3nh6YBJWvQ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भेटवार्ता गरेका छन् ।

आज बिहान गृह मन्त्रालयमा भएको भेटमा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल पनि सहभागी थिए । त्यसक्रममा यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचन पूर्व केही कैदीबन्दीलाई रिहा गर्न भएको सहमतिअनुरूप प्रक्रिया अगाडि बढेको जानकारी दिए । स्थानीय निर्वाचन पूर्व केही कैदीबन्दीलाई रिहा गर्न भएको सहमतिअनुरूप प्रक्रिया अगाडि बढेको प्रवक्ता पोखरेलले बताएका छन् ।

बैठकमा प्रवक्ता विश्वकर्माले कैदीबन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राखेका थिए । अर्को बैठक सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिट्टै बस्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७