बञ्चरेडाँडामा आज पनि काठमाडौंको फोहोर बिसर्जनमा अवरोध


२५ जेष्ठ २०७९, बुधबार
sisdol

काठमाडौं । धादिङको बञ्चरेडाँडाका स्थानीयले आज पनि काठमाडौंको फोहोर विसर्जनमा अवरोध गरेका छन् । काठमाडौंबाट फोहोर लिएर विसर्जनस्थलतर्फ गएका ट्रकलाई अवरोध गरिएको स्थानीय श्रीराम ढुंगानाले जानकारी दिएका छन् । उनले मंगलबारदेखिकै आन्दोलन नरोकिएको बताए ।

अवरोधपछि फोहोर बोकेका गाडी नुवाकोटको सिसडोल क्षेत्रमा लाइन लागेका छन् । मंगलबार पनि स्थानीयले अवरोध गरेका थिए । त्यसपछि प्रहरीको सुरक्षा घेरामा करिब १५० गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेका थिए । सोमबार काठमाडौंमा बञ्चरेडाँडामा फोहोर फाल्नेबारे त्रिपक्षीय सम्झौता भएको थियो ।

उक्त सम्झौताले आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीय आन्दोलित छन् । सोमबार काठमाडौं महानगरपालिकाले प्रहरीको सुरक्षामा फोहोर फालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७